चैत ११ । भारतको छत्तीसगढको नारायणपुर जिल्लामा मंगलबार भएको नक्सली हमलामा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) सवार बस विस्फोटक धरापमा परेको हो । बसमा २४ जना जवान सवार थिए ।
बस्तरका आइजी पी सुन्दरराजका अनुसार नारायणपुरमा नक्सलविरोधी अभियानमा सामेल भएर ती प्रहरी जवानहरु फर्किरहेका थिए । त्यस दौरान इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईडी) विस्फोट भएको थियो । जसमा ड्राइभरसमेत ५ जनाले ज्यान गुमाएका छन् । घटनामा दुई प्रहरी गम्भीर रुपले घाइते रहेका थिए । जसमध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको उपचार भइरहेको छ ।
मारिनेमा जय लाल उइके, करन देहारी, सेवक सलाम, पवन मंडावी र विजय पटेल रहेका छन्। एजेन्सी
Tags :
सम्बन्धित खवर
श्रीलङ्कामा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
५ वर्ष अगाडि
चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्