चैत १३, बुटवल । काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।
फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।
Tags :
सम्बन्धित खवर
नेकपाको दुई नेता २० दिनपछि रिहा
५ वर्ष अगाडि
कपिलवस्तुमा दीप प्रज्वलन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्