चैत्र १४ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर कमिटीको पाँचौं बैठक शनिवार सम्पन्न भएको छ ।
बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार, नीति, सिद्धान्त र नेतृत्वले भनेको ठाउँमा देशको परिस्थिति र राजनीतिक घटनाक्रम पुगेको बताएका छन । उनले भने, ‘हामी अहिलेकै यै राज्य व्यवस्थामा जाने कुरा होइन, हामी जनताको स्वार्थ ,जनताको एजेण्डा,मागलाई लिएर वार्तामा बसेर शान्तिपूर्ण राजनीतिमा आएको कुरा स्पष्ट छ ।’ इन्चार्ज नेपालीले अबको विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको र एकीकृत जनक्रान्तिको कार्यदिशाबाट सफल पार्ने बताएका थिए ।
भीमदत्त नगर कमिटीका सचिव नरेन्द्र भाटको अध्यक्षमा बसेको उक्त बैठकमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुष्पराज जोशी , सेतीमहाकाली स्वाथ्य विभाग प्रमुख राम भट्ट, कमान इन्चार्ज मनमोहन जोशी, भीमदत्त नगर इन्चार्ज खडक विष्ट ,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष ललित एसके लगायत अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कञ्चनपुर जिल्ला इन्चार्ज रमेश नेपालीको प्रथम आतिथ्यमा बसेको उक्त नगर कमिटीको बैठक महत्वपूर्ण निर्णय गर्दै टुंगिएको हो ।
प्रतिक्रिया राख्नुहोस्