अर्घाखाँचीमा गन्धर्ब समुदायका घरपरिवारलाई निशुल्क विमा 

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न

अर्घाखाँचीमा गन्धर्ब समुदायका घरपरिवारलाई निशुल्क विमा 

अनिल नेपाली । अर्घाखाँची, १४ चैत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले वडा न– ९ मा रहेका गन्धर्ब समुदायका २८ घरपरिवारको   स्वास्थ्य विमा कार्यक्रम आज देखि लागु गरेको छ । 

सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले ७० बर्षीय जेष्ठ नागरिक भुप बहादुर गन्धर्बलाई स्वास्थ्य विमाको कार्ड दिएर औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख विकले आर्थिक अवस्था कमजोर भएका विपन्न दलित गन्धर्ब बादी  समुदायको लागि नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताउदै गन्धर्ब समुदायको जिविकोेपार्जनको लागि समेत नगरपालिकाले विशेष किसिमको कार्यक्रम कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।  गन्धर्ब जातिको पेशा लोप हुँदै गएपछि गन्धर्बहरु आफ्नो पेशा बचाउनर्को लागि अरु पेशा सँगै गर्न बाध्य रहेको पाईन्छ । सुचना प्रविधि र सञ्चारको विकास नहँुदाको समयमा महत्वपुर्ण सूचना दिने गन्धर्बहरुको पेशा अहिलेको बदलिदो परिबेशमा लोप हुने अवस्थामा पुगेको भन्दै पेशा सरक्षणका लागि सन्धिखर्क नगरपालिका ले पहिलेदेखि नै पहलकदमी गरेको छ । आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नसकि घरमा बस्न बाध्य भएकी स्थानीय बासिन्दा मकबली गन्धर्बलाई स्थास्थ्य विमा गराउन पाउदा आफुले स्थानीय सरकारको महशुस गरेको बताइन् ।

चुनावको बेलामा जनतामा लोकप्रियता कमाउनका लागि चर्का चर्का भाषण गदै हिड्ने नेताहरुले केही नगर्ने चुनाव आउने बेलामा जनताका  घरमा पस्ने नेताहरुको चलनचल्तीलाई अन्त्य गर्दै निर्वाचित जनप्रतिनिधिहरु जनतामाझ आउनु सुखद पक्ष रहेको हरि आधारभुत विधालयका प्रधानाध्यापक हरि गन्धर्बले बताए । आर्थिक अवस्था कमजोेर भएका मानिसलाई स्वास्थ्य विमाले विशेष भुमिका खेल्ने सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली बताए । 

कार्यक्रममा वडा सदस्य कमला भुसाल मनकला परियार समाजसेवी ठाकुर गन्धर्ब लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको थियो कार्यक्रम वडा न ९ का अध्यक्ष देब बहादुर रायमाझीको अध्यक्षता शाखा प्रमुख बेलकुमारी परियारको सञ्चालन  कार्यापालिका सदस्य सिर्जना विक स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।