बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको आयोजनामा प्रथम सुनसरी भेला आइतवार सम्पन्न भएको छ ।
सुनसरीको धरानमा सम्पन्न भेलामा प्रमुख अतिथि मोर्चाका केन्द्रीय संयोजक सागर लिम्बु थिए भने विशेष अतिथिको रुपमा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष कमला लिम्बु, नेकपाका जिल्ला सेक्रेटरी सुरेश राई, अनिल लिम्बु, अमृत लिम्बु र हर्कवाङ लिम्बु उपस्थित रहेका थिए ।
मोर्चाकाकेन्द्रीय सदस्य गजेन्द्र पालुङ्वाको अध्यक्षतामा सम्पन्न भेलाले मिसेक लिम्बुको नेतृत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोर्चाले आउँदो वैशाख २५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
उपस्थित नेताहरूले पत्रकारिता जनपक्षीय हुनुपर्ने र आम श्रमिक जनताको कुल्चिएका आवाजहरूलाई सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।
Tags :
सम्बन्धित खवर
आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस
५ वर्ष अगाडि
युवा संगठन नेपाल दाङको चौथो जिल्ला सम्मेलन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्