जनपत्रकार संगठन नेपाल, डडेल्धुराको संयोजकमा रावत

मनोज रावतको संयोजकत्वमा ७ सदस्यीयआयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल, डडेल्धुराको संयोजकमा रावत

डडेल्धुरा : जनपत्रकार संगठन नेपालले डडेल्धुरामा मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ ।  संगठनले विभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षीय पत्रकारिता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको छ । 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका ईन्चार्ज दौलत विष्टले डडेल्धुरामा भईरहेको बेथिति र विसंगतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले पार्टिको एजेण्डा वैज्ञानिक समाजवाद अब राष्ट्रिय एजेण्डा भइसकेको र उक्त एजेण्डा माथि सम्पूर्ण बुद्धिजिवी, राजनितिक दल, नागरिक समाज संगै सुरक्षाकर्मी संग बृहत छलफल गरेकोे बताए । 

कार्यक्रमका अथिति जनपत्रकार संगठन नेपालका सेति महकाली ब्युरो संयोजक प्रकाश थापाले जनपक्षीय पत्रकारिताका लागि कसैसंग कुनै पनि प्रकारको सम्झौता नगर्न समेत आग्रह गरे ।