दलित मुक्ति मोर्चा अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

दिलिप विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित

दलित मुक्ति मोर्चा अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

अछाम : दलित मुक्ति मोर्चा नेपाल, अछाम जिल्लाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमवार अछाम जिल्ला कमलबजार नगरपालिका ढाँटिखादमा सम्पन्न सम्मेलनले दिलिप विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा झपट विक, सचिवमा बिनोद परियार , सहसचिवमा नरेश नेपाली, कोषाध्यक्षमा रुपाक विक निर्वाचित भएका छन् । 

कार्यक्रममा अछाम जिल्ला पार्टी सचिव ‘प्रतीक’, जिल्ला सचिवालय सदस्य जनसरोकारका प्रमुख ‘प्रकाश’ , जिल्ला सदस्य कमलबजार नगरपालिका इन्चार्ज एकेन्द्र नाथ , अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक बल बहादुर थ्याथ लगायतका जिल्लास्तरीय नेता तथा कार्यकर्ता, महिला र दलित युवाहरूको ठूलो जनसहभागीता रहेको बताइएको छ । 

बिनोद परियारले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला पार्टी इन्चार्ज तर्कराज रहेका थिए ।