युवा संगठन नेपाल , परासीको विस्तारित बैठक सम्पन्न

बैशाख १७ गते भुमहीमा जिल्ला भेला गर्ने

युवा संगठन नेपाल , परासीको विस्तारित बैठक सम्पन्न

परासी : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल , परासी जिल्ला को विस्तारित बैठक सम्पन्न भएको छ । 

सोमवार सम्पन्न बैठक नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी प्रभातको प्रमुख आतिथ्यता,  प्रकाशन विभाग प्रमुख अग्निपुन्ज , जनपरिषद परासी प्रमुख कमरेड रामप्रीत, युवा संगठन नेपाल नवलपुरका दोस्रो जिल्ला सम्मेलन आयोजक समिती संयोजक अबिनास , चौथो जिल्ला सम्मेलन आयोजक समिती रुपन्देहीका संयोजक सन्तोषको आतिथ्यतामा र वासुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।  

बैठकले बैशाख १७ गते भुमहीमा जिल्ला भेला गर्ने निर्णय सहित अन्य महत्त्वपूर्ण निर्णय गरेको युवा संगठन नेपाल नवलपुरका दोस्रो जिल्ला सम्मेलन आयोजक समिती संयोजक अबिनासले बताए ।