नेता पुनले गरे सहिद आवासिय विद्यालयको अनुगमन

विद्यार्थीहरुले खेप्नु परेको अभाव र  समस्या समाधानका लागि आफ्नो र पार्टीका तर्फबाट पहल गर्ने

नेता पुनले गरे सहिद आवासिय विद्यालयको अनुगमन

राजन जैगडी / डोटी : नेपाल कम्युनिष्ट पार्टी का केन्द्रिय सदस्य ओम प्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् । 

४६८ जना विद्यार्थी अध्ययनरत विद्यालयमा सहिद , गरिब, विपन्न , लोपोन्मुख जातीका बालबालिका पठनपाठन् गराइँदै आएको प्रधानाध्यापक पर्मानन्द जोशीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा लेखराज भट्ट,कुन्ति जोशी लगायतका सांसदहरु भए पनि विद्यालय व्यवस्थापनको पाटो भने निकै कमजोर देखिएको छ । विद्यार्थी संख्याको आधारमा भौतिक संरचना निकै कम रहेको, आवासीय विद्यालय भएका कारण एउटै कोठामा धेरै विद्यार्थी राख्नु परेको, खेल मैदान अभाव रहेकोले व्यवस्थापन गर्न निकै कठिनाइ भईरहेको विद्यालयका प्रधानाध्यापक जोशीले नेता पुन संग गुनासो गरेका छन् । 

व्यवस्थापन समितिमा रहेका  मन्त्री र सांसदले विद्यालयको विकास र व्यवस्थापनमा ध्यान नदिएको खुल्नमा आएको छ । कुनै सानो निर्णय गर्नु पर्दा पनि समिति सदस्यहरूको घर घर धाउनु पर्ने बाध्यता रहेको,समय मा प्रक्रिया आगाडि बढाउन निकै समय लाग्ने गरेका कारणका निकै बिलम्ब हुने अनावश्यक सास्ती खेप्नुपरेको प्रधानाध्यापक जोशीले बताएका छ्न् । नेता पुनले विद्यार्थीहरुले खेप्नु परेको अभाव र  समस्या समाधानका लागि आफ्नो र पार्टीका तर्फबाट पहल गर्ने बताएका छन् ।