बाजुरा । जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न भएको छ । सोमबार मार्तडीमा सम्पन्न भेलाले बिमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
कार्यक्रमर्मा नेकपा बाजुरा सेक्रेटरी भरत थापाले पार्टीले अगाडी सारेको एकिकृत जनक्रान्ति मार्फत् वैज्ञानिक समाजवाद पुग्ने बाटोलाई पत्रकारहरुले ऐक्यबद्धता जनाउँदै संचार माध्यमद्वारा व्यापक रुपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
जनपत्रकर संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता भनेको महत्वपूर्ण मोर्चा र शक्ति भएकाले पार्टीको मिसनलाई साथ दिँदै समाजमा भएका विकृति र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नुपर्ने बताए ।
जिल्ला संयोजक बिमल शाहीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी नेकपा बाजुरा जिल्ला सेक्रेटरी भरत थापा, विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा, अतिथिहरु नेकपा बाजुरा जिल्ला सदस्य विलास, रक्तिम, पार्वती, स्टार र शेर्पा थिए भने भेलाको सञ्चालन खेमराज विश्वकर्माले गरेका थिए ।
सम्बन्धित खवर
शिवराजमा युवाहरुद्वारा दीप प्रज्वलन !
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्