बुटवल । नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाले ऐतिहसिक प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यहीँ २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको विस्तारित बैठकले विश्व बहादुर शाहको संयोजकत्वमा १० सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । जसको सचिवमा दिपक लामिछाने सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन् ।
मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।
महान शहिदहरु प्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो । मोर्चाको बैठकले नेपालमा दलाल तथा संसदीय व्यवस्था पूर्णरुपमा असफल भएकाले नेपाली जनताको स्वतन्त्रता र संमृद्धिको लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको ठहर गरेको छ । संसदीय व्यवस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु प्रवासिन बाध्य भएक र यहीँ क्रममा अमेरिका पुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेका मोर्चाको बैठकले स्पष्ट पारेको छ । यसरी नष्लवाद वा अन्य कुनै कारणबाट प्रभावित भएर नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भ्रत्र्सना समेत गरेको छ ।
बैठकका अतिथी प्रदीप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा आफूहरूले खेल्नुपर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नु पर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
दिपक लामिछानेले संचालन गरेको बैठकले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्