नेकपा बकैया गाउँपालिकाको गाउँ विशेष तेस्रो भेला 

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बकैया गाउँपालिकाको गाउँ विशेष तेस्रो भेला सम्पन्न गरेको छ ।

मंगलबार बकैया–५, गोसाई दमारमा सम्पन्न भेलामा जिल्ला इन्चार्ज राम घलान ’वाटर’ को प्रमुख आतिथ्य र ब्युरो सदस्य प्रेम तितुङको विशेष आतिथ्य रहेको थियो । त्यस्तै मकवानपुरका जनसरकार प्रमुख तथा सचिवालय सदस्य विक्रम मगर, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य विवेक घलान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला उपाध्यक्ष तथा जिल्ला पार्टी सदस्य सुर्य बहादुर गोले, जिल्ला सदस्य चीन बहादुर थिङ, जिल्ला सदस्य रामहरि गुरुङ, प्रवीण लगायतको आतिथ्य रहेको थियो ।

भेलाले बकैया गाउँपालिकामा रामहरि गुरुङको सेक्रेटरी र श्याम सेन्चुरीको सह–सेक्रेटरी रहने गरी जुरे घिसिङ, सानु थिङ, हिरा जिम्बा लगायत १५ सदस्यीय  गाउँ समिति चयन गरेको छ । दलाल संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यभार सम्हाल्न भेलाले चयन गरेको नव निर्वाचित बकैया गाउँ कार्यसमितिलाई विक्रम मगरले बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।

रामहरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दलित मुक्ति मोर्चा नेपाल मकवानपुरको अध्यक्ष श्याम सेन्चुरीले गरेका थिए ।