कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कोभिड–१९ को महामारीको बीचमा पनि भित्तेलेखन कार्यलाई निरन्तरता दिएको बताइएको छ ।
शुक्रबार कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरुमा पार्टीको प्रचार प्रसार, जनजागरण तथा जनस्वास्थ्य सम्बन्धि नाराहरू लेखिएको बताइएको छ ।
विश्वव्यापी रुपमा कोभिड–१९ले आक्रान्त र हैरानी पारिरहेको अवस्थामा जिल्लाका विभिन्न चोक, सहर अर्थात् सार्वजनिक स्थलका भित्ताहरूमा कोरोनाबाट बचौं र बचाओँ !, भौतिक दुरी कायम गरौं !, माक्स अनिवार्य प्रयोग गरौं !, निशुल्क स्वास्थ परिक्षणको व्यवस्था गर !, कोरोनाको नाममा हुने व्यापारीकरण बन्द गर !, महामारीको बेला हुने कालो बजारि र कृत्रिम संकट बन्द गर ! लगायतका जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक भित्तेनाराहरू लेखिएको नेकपा कञ्चनपुरले बताएको छ ।
अन्य नाराहरूमा असफल पुंजीवादी संसदीय व्यवस्था खारेज गर !, एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवाद स्थापना गरौँ !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नाराहरू पनि लेखिएको बताइएको छ ।
उक्त कार्यक्रममा कञ्चनपुरका युवा नेता दीपेन्द्र ऐरी लगायतको टीम सहभागी भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्