कैलाली । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल कैलाली जिल्ला संयोजक पुष्प भट्टमाथी यही जेठ ३ गते जुवाडेहरूको समूहले साङ्घातिक आक्रमण गरेको छ । युवा संगठन नेपाल सेतिमहाकाली कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
जनसेवाको लागि संगठनको काममा खटिरहेका बेला लम्कीमा जुवाको अड्डा जमाइरहेका लक्ष्मण बुढाथोकी नेतृत्वको १२ जनाको समूहले आक्रमण गरेको प्रेस विज्ञप्ति मार्फत् जनाइएको छ ।
युवा संगठनका सेति–महाकाली कार्यालय सचिव मनमहोन जोशी ‘दिपेश’ द्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनसेवाको लागि संगठनको काममा खटिएको बेला लम्कीचुहा वडा नम्बर, १ बस्ने लक्ष्मण बुढाथोकिको नेतृत्वमा १२ जना जुवाडेले धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उदेश्यका साथ साङ्गठनिक आक्रमण गरेको घृणित कार्यप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । जनसेवाका काममा खटिरहेका बेला संयोजक भट्टमाथि आक्रमण गर्ने लक्ष्मण बुढाथोकी लगायतको टिमलाइ घृणित कार्य छोडेर संगठनको सम्पर्कमा आई माफी माग्न र उचित क्षतिपूर्ति व्यहोर्न आह्वान गर्दछौं । अन्यथा संगठनले उचित समयमा उचित बदला लिने चेतावनी समेत दिन चाहान्छ ।’
प्रेस विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासन, न्यायप्रेमी देशभक्त युवा समूह सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं ।’
प्रतिक्रिया राख्नुहोस्