चितवन । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले प्रेस विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिकामा रहेको भरतपुर सरकारी अस्पताल (महेन्द्र आदर्श चिकित्सालय) को फार्मेसीमा गरिएको गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर्न माग गरेको छ ।
जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका संयोजक होमनाथ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त प्रक्रियाविरुद्ध चलिरहेको विरोधप्रति हाम्रो संगठनको पनि ऐक्यबद्धता छ । साथै आवश्यक परेको खण्डमा हरकिसिमको विरोध र प्रतिरोध गर्ने तयारी रहेको विषय यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कोरोनामा सरकारी अस्पताललाई अस्तव्यस्त पार्ने त्यस अस्पतालका आधिकारीक जिम्मेवार व्यक्तिको भण्डाफोर गर्न सम्पूर्ण सरोकारवाला निकाय, बुद्धिजीवी, पत्रकार, युवा, स्वास्थ्यकर्मीलगायत आमजसमुदायलाई अपिल गर्दछौँ ।’
Tags :
सम्बन्धित खवर
भलाई कोषमा ७५ जनाद्वारा रक्तदान
५ वर्ष अगाडि
रानीमहलमा होटल बनाउने प्रस्तावको सर्वत्र विरोध
५ वर्ष अगाडि
सर्वोच्चले संसदवारे निर्णय सुनाउँदै, सुरक्षा सजगता
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्