चुत्राबेसीका अधिकांश पसलमा मूल्य सूची छैनन् !

कमला पोख्रेल / सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – २, चुत्राबेसीमा सञ्चालन भएका अधिकांश किराना पसलहरुले मूल्य सूची नै नराखिकन दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरेको भेटिएको छ । 

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तुहरु कसरी बिक्री वितरण भएको छ ? उचित मुल्यमा बिक्री वितरण भएको छ/छैन भनेर जिल्ला स्तरीय अनुगमन टोलीले चुत्रोबेसीका किराना तथा दैनिक उपभोग्य वस्तुका सामाग्रीहरु बिक्री वितरण गर्ने पसलमा अनुगमन गरेको हो । 

घरेलु तथा साना उद्योग कार्यलयका कार्यलय प्रमुख केशव सुनार, लक्ष्मीप्रसाद दाहाल,  सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौं जिवनारायण आचार्य, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुँवर, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि प्रेम थापा लगायतको टोलीले पसलहरुको अनुगमन गरेको हो ।