सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अन्तर्गत बालुवाटारको गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा कोरोना भाइरस, मौसमी फलफुल, रुखाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित ५० जनाको स्वास्थ्य परीक्षण गर्दै लक्षणका आधारमा रोग पहिचान गरी आवश्यक परामर्श दिनुका साथै विभिन्न औषधी, २०० थान मास्क र ३ लिटर सेनिटाइजर निःशुल्क वितरण गरिएको महासङ्घले जनाएको छ ।
शिविरमा जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका फिजियोथेरापिस्ट भूमिप्रसाद उपाध्याय र अहेव आशा सहकारीले सहजीकरण गरेका थिए ।
वितरित औषधी र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधी व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोगस्वरुप प्राप्त भएको पनि महासङ्घले जनाएको छ ।
सम्बन्धित खवर
समुद्री सतहदेखि सगरमाथाको उचाई ८८४८.८६ मिटर
जनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्