गमानसिङ घर्ती / रुकुम पश्चिम । नेकपा रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरू कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिमा स्वयमसेवकको भूमिका निर्वाह गर्दै निरन्तर जनसेवामा खटिरहेका छन् ।
जिल्ला अस्पताल सल्लेमा कोरोना संक्रमित बिरामी र संक्रमितका आफन्तहरुलाई निशुल्क खाजा खाना तातो पानीलगायत व्यवस्थापन सरस्वती माध्यामिक विद्यालय सल्लेमा तयार गरी अस्पतालसम्म पुर्याउदै आएको र गरिबी, महंगीसँगै कोभिड महामारीसँग लडिरहेका रुकुमेली जनताहरुलाई सहयोग पुर्याउने उदेश्य आफू लगायत जिल्लाको टोलि लागि परिरहेको नेकपाका जबस फ्याक्सन इन्चार्ज नरेन्द्र विकले जानकारी दिए ।
जिल्लाका सहयोगी व्यक्तिहरुबाट स्वइच्छाले खाद्यान्न सामाग्री संकलन गरी जिल्ला अस्पतालका कोरोना संक्रमित बिरामी र बिरामी हेरचाह गर्न बसेका आफन्तहरुलाई निशुल्क खाना खुवाउदै आएकोमा बिरामीहरूको माग र चिकित्सकहरूको सल्लाह बमोजिम स्वास्थका दृष्टिकोणले अत्यन्तै फाइदा जनक मानिने हिमालयन सिस्नु पाउडर उधोगबाट उत्पादित सिस्नु पनि खुवाउने गरिएको जानकारी दिए ।
जिल्ला अस्पताल सल्लेको चमेना गृह (क्यान्टिन) मा गुणस्तरहिन र महंगो खाना खुवाएको बिरामी र तिनका आफन्तहरुले गुनासो पोेखेपछि नेकपा रुकुमले निशुल्क खाना खुवाउन थालिएको र खुवाउन थालिएको भोलिपल्टै प्रशासनले दबाब दिएर खाना बन्द गरिदिएको थियो तर बिरामीको पूर्ण अनुरोध र चौतर्फी सामाजिक सञ्जालमा खाना बन्दको विरोध भएपछि नेकपाले पूर्ण निशुल्क खाना खुवाउन थाली सकेको अहिले प्रशासनबाट फेरि दबाब र समर्थन कुनै नआएको खाना बनाउन मेसमा खटिएका एक युवाले बताए ।
केहि दिन अगाडि सप्तरी घर भई रुकुम पूर्वको राङ्सी स्वास्थ्य चौकीमा कार्यरत अनमी (नर्स) सात महिनाकी गर्भवती कविता रामलाई कोरोना संक्रमण देखिए पछि १० दिन सम्म जिल्ला अस्पताल सल्लेमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि नेकपा रुकुम लगायत केही समाजसेवी व्यक्तिहरुको पहलमा निशुल्क हेलिकप्टर मार्फत जिल्ला बाहिर अस्पतालले रेफर गरेको थियो ।
जनताको स्वास्थ्य अवस्था बुझ्न नेकपाका जिल्ला नेता नरेन्द्र विक साझा मुराल अस्पतालका प्रबन्धक तथा डाक्टर दिपक पुन सहितको टोलि कोभिड १९ प्रभावित क्षेत्रहरुमा घर दैलो कार्यक्रम सञ्चालन गरी जनताकै घर पुगी अक्सिजन लेभल, ज्वरो नाप लगायत आवश्यक सल्लाह र निशुल्क रुपमा सिटामोल, जिन्क ट्याब्लेट लगायतका अत्यावश्यक औषधीहरु डाक्टर दिपक पुनले दिएको र कतिपय मिल्दो जुल्दो लक्ष्यण देखिएकालाई तुरुन्त परिक्षण गराउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सल्लाह दिएको नेकपा रुकुमले जानकारी दिएको छ ।
त्यस्तै संक्रमित भई मृत्यु भएकाहरुको शव व्यवस्थापन, रगत अभाव भएका सुत्केरीलाई रगतदान, निषेधाज्ञाका कारण यातायातको समस्या भई उपचार गराउन जान नपाएका बिरामीलाई सहजीकरण लगायत काममा पनि सक्रिय भई निरन्तरता दिने गरिएको नेकपा रुकुम पश्चिम जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्