माओवादी केन्द्रका नेता गैरे विप्लव नेतृत्वको नेकपामा प्रवेश 

गंगाधर गैरे नेकपामा प्रवेश 

माओवादी केन्द्रका नेता गैरे विप्लव नेतृत्वको नेकपामा प्रवेश 

दाङ । नेकपा (माओवादी केन्द्र) दाङका नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका वडा नं.९ वडा समितिका सचिवालय सदस्य गैरेले माओवादी केन्द्र परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पुँजीवादी संसदीय व्यवस्थामा पतन भएको, जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार र सत्ता लिप्सामा चुर्लुम्म डुबेको, वैज्ञानिक समाजवादको विषयमा जनतामा भ्रम सिर्जना गरेकाले उक्त पार्टीमा जनताको भविष्य र सिङ्गो कम्युनिस्ट पार्टीको भविष्य नभएकाले पार्टी परित्याग गरेको जनाएका छन् ।

सच्चा कम्युनिस्ट पार्टी अर्थात वैज्ञानिक समाजवाद स्थापनाका  लागी एकीकृत जनक्रान्तिको कार्यदिशासहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जानकारी गराउँदै गैरेले विज्ञप्तिमार्फत् सम्पूर्ण देशभक्त क्रान्तिकारीहरुलाई नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरेका छन् ।