Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
‘तत्कालीन र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राज्य गम्भीर बन’ : नेकपा - Janabato

‘तत्कालीन र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राज्य गम्भीर बन’ : नेकपा

उद्धार, राहत  व्यवस्थापनमा लागि तदारुकता साथ लाग्न अपिल

‘तत्कालीन र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राज्य गम्भीर बन’ : नेकपा

पाल्पा  । नेकपा पाल्पाले अविरल वर्षाका कारण देशव्यापी रुपमा बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर भइरहेको र यस्तो विपत्तिका बेला तत्कालीन र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राज्य गम्भीर बन्न जरुरी रहेको बताएको छ ।

नेकपा पाल्पा जिल्ला इन्चार्ज अपेक्षा र जिल्ला सेक्रेटरी प्रभातले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष प्राकृतिक विपत्तिमा राज्यले देखाएको उदासिनताका कारणले जनताहरू जोखिम व्यहोर्न बाध्य रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'पाल्पा जिल्लाका विभिन्न ठाउँहरूमा पहिरोले थुप्रै घर र गोठहरू भत्काई ठूलो धनजन र पशु चौपायाँको क्षति भई थुप्रै परिवारहरूको विचल्लि भएको छ । पाल्पा रिब्दिकोट गा.पा. वडा नं. ४ का १९ वर्षिय मदन भट्टराईको मृतयु भएको छ । बासडाँडा वडा नं. ५ बस्ने रामबहादुर पुन घाइते हुनुभएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइते रामबहादुर पुनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल निःशुल्क उपचार गर्न माग गर्दछौँ ।’

विज्ञप्तिमा विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार, व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गरिएको छ । साथै विज्ञप्तिमा यो विपतका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्ति र सम्बन्धीत सबै पक्षलाई उद्धार, राहत  व्यवस्थापनमा लागि तदारुकता साथ लाग्न पनि अपिल गरिएको छ ।