ललितपुर । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरले सोमबार जिल्लाको भैँसीपाटीमा अति विपन्न मजदुर परिवारहरूलाई राहत वितरण गरेको छ । महासङ्घले २५ विपन्न घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाएको छ ।
नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डङ्गोल तथा ट्रेड युनियन महासङ्घका उपत्यका समन्वय समिति संयोजक शिशिरले संयुक्त राहत वितरण गरेका थिए ।
उक्त कार्यक्रममा यातायातको केन्द्रीय उपाध्यक्ष लालबहादुर लामा र मजदुर जिल्ला नेता प्रवीन तामाङको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मजदुर जिल्ला अध्यक्ष रामकुमार मगरले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्