Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मनपरी गाडीभाडा रोक्न नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण - Janabato
मनपरी गाडीभाडा रोक्न नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

खलङ्गा । सरकारले जारी गरेको निषेधाज्ञामा जाजरकोटमा संचालित सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपाले प्रशासनको ध्यानाकर्षण गराएको छ ।आइतबार नेकपाका भेरी नगर कमिटी इन्चार्ज हिमाल, क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगी ध्यानाकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटालाई भेटेर निषेधाज्ञाको समयमा जिल्लामा संचालित सवारी साधनले प्रशासनको पास नलिएको, यात्रुबाट मनपरी भाडा असुलिरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

उनले भने, ‘सवारी चालक र सवारी साधन धनीले भनेअनुसारको भाडा तिरी यात्रुहरु मारमा परेको, ठाउँठाउँमा प्रहरीले पैसा असुल्दै सवारी साधनलाई मर्कामा पारेपनि प्रशासन सुतिरहेको छ, यस्तो अवस्था रोक्न हामीले प्रशासनको ध्यानाकर्षष गराएका हौं, यदि प्रशासनले सुनेन भने हामी आफ्नै तरिकारले कारबाही गछौं ।’

निजी नम्बर प्लेटका गाडीहरुले यात्रुहरु ओसार्ने भन्दै मनपरी भाडा असुलिरहेले यस्तो कार्य तत्काल रोक्न प्रशासनलाई आग्रह गरिएको उनको भनाई थियो । यातायात व्यवसाय संघ जाजरकोटका अध्यक्ष नवराज सिंह निषेधाज्ञाको बेला थोरै यात्रुहरु भएकाले दोब्बर भाडा लिएको स्वीकार गर्छन् ।

‘यातायातको साधनहरु कम चल्ने, यात्रुहरुको संख्या थोरै भएकोले दोब्बर भाडा लिएका हौं, अब निषेधाज्ञा खुल्ने बित्तिकै बन्द हुन्छ ।’

प्रशासनले तोके बमोजिमको भाडामा यात्रुहरु लिने सिंहको भनाई थियो । यता जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवकोटाले तोकिएको मुल्य भन्दा धेरै भाडा लिने सवारी साधनलाई कारबाही गरिने बताए । ‘अहिले सम्म नागरिकबाट गुनासो आएको छैन, आएको खण्डमा हामी तत्काल कारबाही गछौं, यात्रु तथा सवारी साधनबाट पैसा लिने कर्मचारीलाई बर्खास्त गछौँ, उनले भने ।’

एम्बुलेन्सले समेत चर्काे भाडा असुलिरहेको छ । यस्तो सवारी साधनलाई कारबाहीको दायरमा ल्याउन नेकपाले प्रशासनसँग आग्रह गरेको छ ।