अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

बुटवल । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले अति बिपन्न तथा असक्त यातायात मजदुर धुवानी, मजदुर हाईड्रो तथा खानी मजदुरहरूलाई राहत सामग्री वितरण गरेको छ । महासङ्घले केन्द्रीय समितिको आयोजनामा महासङ्घ अन्तर्गत रहेको पेसागत सङ्घहरूको सहयोगमा उक्त राहत वितरण गरेको हो ।

महासङ्घले जिविका चलाउन अति नै सङ्कट परेका २३ घरपरिवारका मजदुरहरूलाई जनही एक बोरा चामल, एक लिटर तेल, नुन, एक केजी दाल र मस्यौरा वितरण गरेको हो । राहत वितरण कार्यक्रममा उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापा मगर, हाईड्रो तथा खानी मजदुर सङ्घका अध्यक्ष केशव बुढाथोकी, पट्रोेलियम तथा धुवानी मजदुर सङ्घका संयोजक अर्जुन लामिछाने, यातायात मजदुर सङ्घका महासचिव दिपेन्द्र घिमिरे र यातायात काठमाडौँ जिल्ला अध्यक्ष माधव घिमिरेको यपस्थिति रहेको थियो ।

महासङ्घका संयोजक विनोद थापाको विशेष उपस्थितिमा राहत सामग्री मजदुरहरूलाई वितरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन केशव बुढाथोकीले गरेका थिए ।