चितवन । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति चितवनले असार ११ गते बिहान साथीको घरमा जाने भनेर हिँडेकी राप्ती नगरपालिका वडा नं. ३ निवासी सुजीता भण्डारीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्रान्तिकारीले अपहरणकारी हत्यारा पत्ता लगाई कारबाहीको मागसहित स्थानीय जनताको आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन जनाएको छ ।
अनेमसंघ क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष अन्जना तामाङले सोमबार प्रेस विज्ञप्ति मार्फत् सुजीता भण्डारीको अपहरणपछि हत्या गर्ने हत्यारा पत्ता लगाई सार्वजनिक गर्न जोडदार माग गरेकी छिन् । भण्डारीको हत्यारालाई कारबाही गर्न बेवास्ता गरिए कडा आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
भण्डारीको ९ दिनपछि जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो । हत्या भएको भन्दै स्थानीय जनताले सोमबार कडा आन्दोलन गरेका थिए ।
Tags :
सम्बन्धित खवर
हेटौंडा वडा नं. १६ को बैठक सम्पन्न
४ वर्ष अगाडि
कलाकार उत्तम नेपालीको निधन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्