Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि, उपभोक्तालाई सास्ती - Janabato
पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि, उपभोक्तालाई सास्ती


बुटवल । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सरकारले पटक पटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धिले उपभोक्ताको ढाड सेकिएको छ । मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरि डिजेल पेट्रोल, हवाइ इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरिएको हो। 

पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जानकारी दिएको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ।

मूल्य वृद्धि पछि पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय २९ रुपैयाँ र डिजेल र मट्टीतेलको १ सय १२ रुपैयाँ पर्ने छ। ग्यास प्रति सिलिण्डर १ हजार ४ सय २५ पर्ने छ।

अझै पनि निगमलाई पेट्रोलमा ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय १९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।