मुक्ति गैरे । पाल्पा । नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाउँपालिका वडा नम्बर ३ को भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
बिहिबार खस्यौलिमा आयोजित उक्त कार्यक्रममा नेकपा रिब्दिकोट गाउँपालिका इन्चार्ज आकाशले प्रशिक्षण दिदै अब देश वैज्ञानिक समाजवाद अनिवार्य रहेको बताए । उनले देशमा स्थायी शान्ति, समृद्धि, विकास, स्वाधीनता र आत्मनिर्भर बनाउन सम्पूर्ण राष्ट्रप्रेमी, न्यायप्रेमी जनसमुदाय एकजुट हुनुपर्ने बताए ।
उक्त भेलाले मोनिका विक सचिव रहने गरि उनको नेतृत्वमा ७ सदस्यीय कमिटी निर्माण गरेको छ भने इन्चाजर्मा सुशीला भट्टराई चयन भएकी छिन् ।
नेकपा निकट जनवर्गीय सङ्गठनहरुले बिहिबार देशव्यापी पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा संयुक्त विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपा पाल्पाका जबस मोर्चाले खस्यौली बजारमा विरोध प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरेको छ ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्