पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भण्डारीको मृत्यु प्रकरणको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भण्डारीको मृत्यु प्रकरणको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

अर्घाखाँची । नेकपा निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा अर्घाखाँचीमा संयुक्त विरोध प्रदर्शन सम्पन्न भएको छ । 

जनताको जनपरिषद्लाई जागरुक बनाउछौँ : शितल

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जनपरिषद प्रमुख शितलले जिल्ला जनपरिषद्लाई जागरुक बनाउँदै जनताको सेवामा निरन्तर खटिरहेको बताए । जिल्लामा भ्रष्टाचार अनियमितता घटनाका दिनप्रति दिन बढ्दै गएपछि आफूहरुले जनताको जनपरिषद्लाई निरन्तरता दिइएको उनले बताए । प्रमुख शितलले जनताको तर्फबाट जनताका मागलाई सरोकारवाला निकायले कुनै पहल नगरेपछि आफूहरुले पहलकदमी लिएको र यसलाई निरन्तरता दिदै जिल्लामा हुने भ्रष्टाचार अनियमितताको पक्षमा जागरुक  बनाउन आफ्नो सरकारलाई निरन्तरता दिदै आएको बताए । जिल्लामा पछिल्लो सयम काठ निर्माण व्यवसायीले मापदण्ड अनुसार काम नगरेको पाएपछि जिल्ला जनपरिषद्ले विभिन्न गतिविधि गर्दै आएको प्रमुख शितलले बताए । 

सरकार नागरिकप्रति जिम्मेवार भएन : खड्का

अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज नविन खड्काले विरोध सभालाई  सम्बोधन गर्दै सरकार नागरिकप्रति जिम्मेवार नभएको भन्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य खारेज गर्न माग गरे । उनले चितवनकी युवती सुजिता भण्डारीको हत्यारालाई तत्काल सार्वजनिक गरी कारबाही नगरे कडा सङ्घर्षमा उत्रने बताए । 

जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य अनिल नेपालीले नागरिकका समस्याप्रति राज्य दिनप्रतिदिन उदासिन बन्दै गएको बताए । उनले नागरिकलाई कोरोना महामारीको बेलामा जनताको जीवन रक्षाको लागि पहल कदमी गर्नुको साटो सरकारले विभिन्न बाहनामा कर बढाउने पेटो«लियम पदार्थमा समेत मूल्यवृद्धि गर्नु दुःखद भएको बताए ।

कार्यक्रममा नेकपा अर्घाखाँचीका जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।