लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरे । 

प्रतिपक्षी दलहरूले सदन अवरोध गर्ने बताएपनि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संसदमा भनाई राखेपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको हो। प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो। ९ गते सूचना टास गरेर बैठक स्थगित भएको थियो।