Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
युवा सङ्गठन नेपालद्वारा नवलपरासीमा अनुगमन - Janabato
युवा सङ्गठन नेपालद्वारा नवलपरासीमा अनुगमन

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल नवलपरासीले यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध सवारीसाधनमा छड्के अनुगमन गरेको छ ।

युवा सङ्गठन पश्चिम नवलपरासीले सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार लामो तथा छोटो दुरीका सवारीको छड्के अनुगमन गरेको बताएको छ । यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुलेको गुनासो बढेपछि युवाहरूले अनुगमन गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बाहाना देखाउँदै सवारी साधनले न्युनतम आचारसंहिता समेत लागु नगरी मनपरी रुपमा यात्रुबाट गाडीभाडा लिएको पाइएको सङ्गठनका संयोजक बासुदेव पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा बढी असुलेको यात्रुको भाडा फिर्ता गराएसँगै यात्रुले सङ्गठनप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी, युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको बताइएको छ ।