Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
श्रमजीवी वर्गको पक्षमा निर्भिकतापूर्वक खबरदारी गरोस् : प्रेम सुवेदी - Janabato

श्रमजीवी वर्गको पक्षमा निर्भिकतापूर्वक खबरदारी गरोस् : प्रेम सुवेदी

निर्भीकतापूर्वक खवरदारी गर्नु नै जनपक्षीय पत्रकारिता

श्रमजीवी वर्गको पक्षमा निर्भिकतापूर्वक खबरदारी गरोस् : प्रेम सुवेदी

मंसिर ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले साम्राज्यवाद र पुँजीवादले सूचना प्रबिधिमा आफ्नो एकाधिकार कायम गर्दै आएको पृष्ठभूमिमा त्यो एकाधिकार तोड्न, मेहनतकस जनता र श्रमजीबी जनसमुदायको पक्षमा आवाज उठाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरेका छन् ।

नेपाली न्युजपोर्टल जनवाटो डटकमको औपचारिक शुभारम्भको अवसरमा पार्टीको तर्फबाट शुभकामना सन्देश पठाउदै सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजिबिका पक्षमा चल्दै आएको संघर्षलाई उर्जा थप्न तथा उत्पीडित वर्ग र समुदायको न्याय र मुक्तिको पक्षमा निर्भीकतापूर्वक खवरदारी गर्नु नै आजको जनपक्षीय पत्रकारिता काम हुने बताएका छन् । 

सुवेदी अगाडी भनेका छन्, “राष्ट्रियता, जनतन्त्र र जनजिबिका पक्षमा चल्दै आएको संघर्षलाई उर्जा थप्न तथा उत्पीडित बर्ग र समुदायको न्याय र मुक्तिको पक्षमा निर्भीकतापूर्वक खवरदारी गर्नु नै आजको जनपक्षीय पत्रकारिता हुनेछ ।” उनले शुभकामना सन्देश दिदै भनेका छन्, “अनलाइनद्वारा प्रकाशित, प्रचारित र उत्पादित सामाग्री उत्पीडित वर्ग र समुदायको भरपर्दो आवाज बन्न सकोस् ।”