नेकपा बेल्डाँडी गाउँ कमिटीको बैठक सम्पन्न

विभिन्न राजनीतिक पार्टी परित्याग गरी थुप्रै नेताकार्यकर्ता नेकपामा ध्रुवीकृत

नेकपा बेल्डाँडी गाउँ कमिटीको बैठक सम्पन्न

कञ्चनपुर । गणेश एसके । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको बेल्डाँडी गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । कञ्चनपुर जिल्ला सचिव जीवनको प्रमुख आतिथ्यमा भएको उक्त गाउँ कमिटीको बैठकमा विभिन्न राजनीतिक पार्टी परित्याग गरी थुप्रै नेताकार्यकर्ता ध्रुवीकृत भएका छन् ।

साथै यस अघि पनि कञ्चनपुरको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा ध्रुवीकरण तथा सबै नगर कमिटी र गाउँ कमिटीका बैठकहरू आइतबार सम्पन्न भएका छन् । 

कञ्चनपुर नेकपा पछिल्लो समय जनतासँग सुमधुर सम्बन्ध निर्माण र ध्रुवीकरण अभियानमा तिब्र भएको देखिन्छ । बेल्डाँडी गाउँपालिकामा पनि अन्य पार्टी परित्याग गरी एक दर्जन भन्दा बढि नेताकार्यकर्ता नेकपामा प्रवेश गरेको बताइएको छ ।

आइतबारको बैठकमा बेल्डाँडी गाउँ कमिटी इन्चार्ज राम सिंहले अध्यक्षता गरेका थिए ।