मंसिर १९ । इंग्लीश फुटबल क्लब टोटनह्याम हट्सपर र स्कल्याण्डको रेन्जर्स युरोप लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको समुह ‘जे’ को खेलमा अष्ट्रियाको लास्क फुटबल क्लबसँग ३–३ गोलको बराबरी खेलेको टोटनह्याम नक आउट चरणमा उक्लिएको हो ।
यसैगरी समुह ‘डी’ को खेलमा बेल्जीयमको स्ट्याण्डर्ड लेईजलाई ३–२ ले हराउँदै स्कटल्याण्डको सेल्टिक नक आउट चरणमा प्रवेश गर्यो ।
यही समुहको अर्को खेलमा पोल्याण्डको लेस पोज्नानलाई ४–० ले हराउँदै पोर्चुगलको बेनिफिका पनि नक आउट चरणमा पुगेको छ । यसअघि नैं नक आउट चरणमा आफ्नो ठाउँ सुरक्षित गरेको आर्सनलले गएराती अष्ट्रियाको र्यापिड वेइनलाई ४–१ ले हरायो ।
गएरातीका अन्य खेलहरुमा विजयी हुँदै इटालीको एसी मिलान, पोर्चुगलको एफ.सी ब्रागा, स्पेनका भियारियाल र ग्रानाडा, नेदरल्याण्ड्सको पि.एस.भि, जर्मनीको बायर लिभरकुजेनलगायतका १४ टोली नक आउट चरणमा उक्लिएका हुन् ।
थप ४ टोलीले अघिल्लो साता नैं नक आउट चरणमा ठाउँ बनाएका थिए ।
सम्बन्धित खवर
थवाङमा विविध खेलकुद प्रतियोगिता सम्पन्न
जोर्डनसँग नेपाल ३-० ले पराजित
पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्