अर्घाखाँचीमा भीरबाट खसेर एकजनाको मृत्यु

१९ बर्षिय अनिल आचार्यको मृत्यु

अर्घाखाँचीमा भीरबाट खसेर एकजनाको मृत्यु


मंसिर २२, सन्धिखर्क । अर्घाखाँचीको सुपादेउराली भिरबाट खसेर एक युवकको ज्यान गएको छ ।

शितगंगा २, सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीका १९ बर्षिय अनिल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।
परिवारका अनुसार आचार्य आईतवार पाणिनीको अड्गुरीबाट सुन्तला बेच्न हिंडेका र सोही दिन साँझदेखि सम्पर्कविहिन भएका थिए ।

सोमवार प्रहरीचौकी नरपानी र परिवारजनले खोजी गर्दा सुपादेउराली देखी २ सय मिटर दक्षिणपट्टी शितगंगा २ को शितखोलामा उनको शव भेटिएको थियो ।