मंसिर २९, म्याग्दी । प्रहरी पक्राउमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला सदस्य गजेन्द्र पुन जगतको हिरासतमा मृत्यु भएको छ । जिल्ला जनसरकार प्रमुख समेत रहेका ५८ वर्षीय गजेन्द्र पुन ‘जगत’को समयमा उपचार नपाउँदा सोमबार मृत्यु भएको हो ।
पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भर्खर मात्र उहाँको मृत्यु भएको जानकारी आफन्तलाई दिएको छ । थुनुवामा रहेका वन्दीको प्रहरी प्रशासनको वेवास्ताका कारण उपचार नपाएर मृत्यु हुन पुगेको परिवारजनले बताएका छन् ।
कारागारमा एक्कासी बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमा नैं टाउकाको अप्रेशन गर्न सकिएको भए बाँच्ने जगतका भाइ यमबहादुर पुनले बताए ।
सरकारको चरम लापर्वाहीका कारण एउटा राजनीतिक बन्दीलाई बिरामी अवस्थामा मृत्यु हुनु भनेको मानवअधिकारको गंभीर उल्लंघन भएको मानवअधिकारवादीहरुको भनाई रहेको छ ।
यस्तो थियो पुनको मुद्दा र हिरासतका शृंखलाहरु
१:-२०७६ फागुन ९ गते आफ्नै घर बाट सुतिरहेकै अबस्थामा रातको ११ बजे गिराफ्तार अभद्र ब्यबहार सम्बन्धी मुद्दा १५ हजार धरौटीमारिहा गर्न अदलातको आदेश।
२:-त्यसै दिन पुन: झुट्टा पशुपंक्षी सम्बन्धी गौ हत्याको मुद्दा लगाई पुन अदालत परिसरबाटै गिराफ्तर र मुद्दा दर्ता यसमा पनि ५४ हजारधरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश ।
३:-५४ हजार धरौटी तिरेर रिहाई हुने क्रममा पुन अर्को अभद्र ब्यबहार सम्बन्धी झुट्टा मुद्दा बनाइ अदालत परिसरबाटै दोस्रो पटकगिराफ्तार जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट १ लाख १८ हजार धरौटी माग ।
४:-जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट फैसाल भए अनुसार १ लाख १८ हजार धरौटी तिर्ने रकम नभए पछी पुनको नाममा भएको जग्गा रोक्का राखी रिहा हुदै गर्दा पुन प्रशासनको गेट बाट अर्को झु्ट्टा मुद्दा बनाई गिराफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्बत स्थानान्तरण र अभद्र ब्यबहार सम्बन्धी मुद्दा दर्ता
५:-यस मुद्दामा पनि जिल्ला अदालत पर्बतले रु ५० हजार धरौटी माग धरौटी तिर्न नसके पछी जिल्ला कारागार पर्बत चलान।
६:-कारागारमा रहेकै अबस्थामा २०७७/०८/२४ दिनको १२ बजे एक्कासी बेहोस,तत्काल उपचार पाउनु पर्ने बिरामीलाई ब्यबारिसे हालतमा लामो समय पछी अस्पताल पुराएर उपचारको नाटक करिब १हप्ता आईसियु कक्षमा उपचार पश्चात आज २०७७/०८/२९ गते दिउॅसो निधन।
लामो समय कम्युनिष्ट आन्दोलनमा आफ्नो समय दिएका पुन १० बर्षै जनयुद्दमा भौतिकरुपमा सहभागी हुंदै पछिल्लो पटक बिप्लवले नेतृत्व गरेको नेकपाको जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो।पुनको उपचारका लागी स्वत स्फु्र्तरुपमा युवाहरुले आर्थीक अभियान संचालन गरेर सहयोग समेत संकलन गर्दै थिए ।
प्रतिक्रिया राख्नुहोस्