अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा राजनीतिक वैचारिक प्रशिक्षण

राजनीति र अध्ययनमा प्रशिक्षणको जोड

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा राजनीतिक वैचारिक प्रशिक्षण


प्रदीप राहादी मगर । पौष १८, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले राजनीतिक तथा वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । 

प्रशिक्षण कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले शैक्षिक माफियाकरण र दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध संघर्ष आवश्यक भएको भन्दै त्यसका लागी सम्पूर्ण विद्यार्थीहरु अखिल (क्रान्तिकारी)मा संगठित हुन जरुरी भएको बताउनु भयो ।  

युवा संगठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवा विद्यार्थीहरु राजनीतिक र सामाजिक विसंगति विरुद्ध संघर्ष गर्न क्रान्तिमा जोडिन आवश्यक भएको बताउनु भयो । अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले पुँजीवादी राज्यसत्ताको चरित्र श्रमिक वर्गमाथिको शोषणमा आधारित भएको भन्दै त्यसको विरुद्ध संघर्ष गर्न विद्यार्थीहरुले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडी बढाउन आवश्यक भएको बताउनु भयो ।  

उक्त प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) रुपन्देही इन्चार्ज रूपा बुढा मगरले पनि सम्पूर्ण विद्यार्थीहरुले आफ्ना अन्तर्निहित प्रतिभा प्रस्फुटनको निम्ति उपयुक्त वातावरण हुनुपर्ने र शैक्षिक क्षेत्रमा देखिएको समस्याहरू विरुद्ध देशभक्त र जुझारू विद्यार्थीहरुलाई संगठनमा आबद्ध भई कडा संघर्ष गर्न आह्वान गर्नुभएको थियो । 
कार्यक्रममा साया सापकोटा, सुनिल नेपाली, नयन अर्याल लगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षता इन्दु वली, स्वागत जिल्ला सचिव पारस राहादी मगर र संचालन जिल्ला सहसचिव पदम पराजुलीले गर्नुभएको थियो । 

अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न ठाउँहरुमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।