माघ ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा गण्डक सदस्य निरु थापा काठमाडौ बाट गिरफ्तार भएका छन । काठमाडौंको टोखामा बाटो हिडिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै नेकपा गण्डक ब्युरो इन्चार्ज शिवाले भत्सर्ना गरेका छन ।
थापालाइ शनिवार गिरफ्तार गरेर अभद्र ब्यवहारको मुद्दा दर्ता गरेको छ भने सात दिनको म्याद थपेर महाराजगन्ज वृतमा राखेको अधिवक्ता सन्तोष कोइरालाले जानकारी दिएका छन ।
एकपछी अर्को संकटमा फस्दै गएको दलाल सत्ताले आफ्ना नेता कार्यकर्ता माथी अनावश्यक धरपकड, गिरफ्तारी र दमन गरेको भन्दै इन्चार्ज शिवाले गिरफ्तार थापाको अविलम्ब रिहाइको माग गरेकाहुन ।
साथै नेकपा गण्डकले आफ्नो पार्टीका केन्द्रिय नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तार प्रतिको बिरोधमा माघ १० गते आव्हान गरिएको नेपाल बन्दमा सहयोग गर्न सबैमा जनसमुदायमा अपिल समेत गरेको छ ।

Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल, झापाद्धारा अभियान टोली निर्माण
५ वर्ष अगाडि
दलित मुक्ति मोर्चा कञ्चनपरको प्रथम सम्मेलन सम्पन्न
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्