नेकपा अर्घाखाँचीद्वारा नेपालबन्द सफल पार्न अपिल

जिल्लाबासीलाई संघर्षमा जुट्न आब्हान

नेकपा अर्घाखाँचीद्वारा नेपालबन्द सफल पार्न अपिल

माघ ९, सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी केन्द्रीय सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला र सम्पूर्ण आस्थाका राजबन्दीहरुलाई रिहाइका लागी माग गर्दै माघ १० गते पार्टीले आयोजना गरिएको नेपाल बन्द सफल पार्न जिल्लाबासीलाई अपिल गरेको छ । 

जिल्ला इन्चार्ज कमल केसी र सेक्रेटरी माहुरीले शुक्रबार वक्तव्य जारी गर्दै बास्तोलालाई गैरन्यायिक ढंगले गिरफ्तार गरिएको भन्दै त्यसको विरुद्ध माघ १० गते गरिएको नेपाल बन्दलाई जिल्लास्थित शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, वकिल, बुद्धिजीवी, व्यापारी, यातायात व्यवसायीलाई हार्दिक अपिल गरेका छन् ।