पोखराबाट वीरगञ्ज जाँदै गरेको बस बन्दीपुरमा दुर्घटना

थप विवरण आउन बाँकी

पोखराबाट वीरगञ्ज जाँदै गरेको बस बन्दीपुरमा दुर्घटना

१४ माघ । बन्दीपुरको नहालामा एक यात्रुवाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् ।

पोखराबाट वीरगन्ज जाँदै गरेको ग१ख ५६९० नम्बरको यात्रुवाहक बस केहीबेर अघि बन्दीपुर-१ नहाला घुम्तीबाट पाँच मिटर तल बारीमा खसेको ट्राफिक प्रहरीले जनाएको छ ।

४० यात्रु सवार बसका आठ जना घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।