एजेन्सी । भारतमा मोदी सत्ताको कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।
दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन् । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।
Tags :
सम्बन्धित खवर
लैङ्गिक हिंसाले मानसिक समस्याको जोखिम
५ वर्ष अगाडि
बझाङमा कांग्रेस कार्यकर्ताको खुँडा प्रहार गरी हत्या
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्