नेकपाका नेता सेन र कलाकार सरल प्रहरीद्धारा पक्राउ

सामान्य अवस्थामा विनाकारण पक्राउ

नेकपाका नेता सेन र कलाकार सरल प्रहरीद्धारा पक्राउ

माघ २५, बुटवल । नेकपाका बाग्लुङ इन्चार्ज छम सेन र सामना परिवारका कलाकार सरल माझीलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीको कामको सिलसिलामा बागलुङमा सामान्य अवस्थामा रहेको बेला जिल्लाको खज्र्याङबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । सेन पुराना नेता हुन् भने माझी सामना परिवारका कलाकार हुन् । उहाँहरुको पक्राउ बारे प्रहरीले जानकारी दिएको छैन । 

पछिल्लो पटक सरकारले बार्ताको हल्ला चलाएर नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ । केही दिन अगाडी नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बास्तोला सहित नेता कार्यकर्तालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो ।