एजेन्सी, २९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरूबीच केही समयअघि कुराकानी भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।
लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको साउथ चाइना मर्निङ पोष्टले पनि उल्लेख गरेको छ । यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो रहेको छ । यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ।
बाइडेन९सीबीचको टेलिफोन कुराकानीमा केरके छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका छन् । फोतो÷एजेन्सी
सम्बन्धित खवर
भारतमा कोरोनाविरुद्ध नयाँ औषधि विकास
माओवादीको आरोप लगाउँदै १६ संगठनमाथि प्रतिबन्ध
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्