माघ २९, बेनी । बैतडीको १७ वर्षीया भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै बिहिबार बेनीमा महिला संघ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन सहित दश भन्दा बढी संघ संस्थाहरूले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली बेनी बजारका विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा पुगी कोणसभामा परिणत भएको थियो ।
अन्तरपार्टी महिला सञ्जालकी उषा घिमिरेले भागिरथी भट्टलाई बलात्कार र हत्या गर्नेको जति सक्दो छिटो पहिचान गरी निष्पक्ष छानबिन र कारबाहीको लागी सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरिएको बताउनुभयो ।
अन्तरपार्टी महिला सञ्जाल, अनेमसंघ, नेपाल महिला संघ, अनेमसंघ क्रान्तिकारी लगायत संघ संगठनहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले “बलात्कार होइन सुरक्षा दे, दमन होइन अधिकार दे,” लेखिएको कालो ब्यानर र प्ले कार्ड बोकेका थिए ।

सम्बन्धित खवर
युवा संगठन नेपाल घोराही नगरको प्रथम भेला
कैलाली र कञ्चनपुरमा निषेधाज्ञा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्