बेपत्ता परिवारको सपना साकार पार्छौ  : नेकपा

२६ औं महान जनयुद्व दिवसको अवसरमा शुभकामना आदाप्रदान

बेपत्ता परिवारको सपना साकार पार्छौ  : नेकपा

फागुन ३०, बुटवल । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले २६ औं महान जनयुद्व दिवसको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सितगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गदै जिल्ला )इन्चार्ज कमल के।सीले जनयुद्धका उपलब्धीलाई सबैले रक्षा गनुपर्ने बताउदै जनयुद्धका उपलब्धीलाई केही प्रतिगामी, प्रतिगमनकारीले बेचेर खाए पनि जनयुदमा सहिद बेपत्ता घाइते परिवारको योगदानलाई कहिले पनि नबिर्सने बताउनुभएको थियो ।

मालारानी गाँउपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै जिल्ला सेक्रेटरी माहुरीले जनयुद्वलाई केही तत्वले कुर्चीसीत साटे, समग्र रुपमा जनयुदको उपलब्धीलाई सबै मिलेर रक्षा गर्नुपर्ने बताउदै सेक्रेटरी माहुरीले सहिद परिवार, घाईते बेपत्ता परिवारको सपनालाई साकार पार्नको लागि आफुहरु निरन्तर रुपमा लाग्ने बताएका थिए । जनयुद दिवसको अवसरमा  नेकपाले हिजो जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस पनि निकालेको थियो ।