Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
संविधानको मूल मर्ममाथि हमला भएको छ : प्रचण्ड - Janabato

संविधानको मूल मर्ममाथि हमला भएको छ : प्रचण्ड

‘गुमनाम आमाहरूको कथा’ कृति लोकार्पण

संविधानको मूल मर्ममाथि हमला भएको छ : प्रचण्ड

बुटवल, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति  लोकार्पण गर्दै उनले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे ।

दाहालले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”