प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

फागुन ६ गते टुँडिखेल वरपर मानव साङ्लो

प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

फागुन २, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको उक्त समूहले आज पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले फागुन ६ गते टुँडिखेल वरपर मानव साङ्लो बनाइने बताए । साँझ ४ देखि ५ बजेसम्म एक घन्टा मानव साङ्लो बनाइने जानकारी दिए ।

फागुन ५ देखि १२ सम्म जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसैगरी, १२ फागुनमा चितवन र २१ फागुनमा दाङमा विरोध सभा गरिने भट्टराईले बताए ।

आन्दोलनका कार्यक्रम
५ देखि १२ फागुनः जिल्लास्तरीय विरोध प्रदर्शन
६ फागुनः टुँडिखेल वरपर ४ देखि ५ बजेसम्म मानव साङ्लो
७ देखि १५ फागुनः प्रतिगमनविरुद्ध सार्वजनिक स्थानहरुमा हस्ताक्षर अभियान
८ फागुनः प्रतिगमनविरुद्ध अन्र्तक्रिया
९ फागुनः महिलाहरुद्वारा विरोध प्रदर्शन
११ फागुनः आदिवासी, जनजाति, मधेशी, मुस्लिमलगायत समुदायबाट सांस्कृतिक पहिचानसहित विरोध प्रदर्शन
१२ फागुनः चितवनमा आमसभा
१४ फागुनुः युवाहरुको प्रदर्शन
१५ फागुन किसानको प्रदर्शन
२१ फागुनः दाङमा विरोधसभा
जनकपुर र नेपालगञ्जमा विरोधसभा, मिति पछि तोकिने