महासचिव विप्लवकी आमाबारे गलत समाचार सम्प्रेषण

समाचार झुटो भएको पारिवारिक स्रोतले बताएको छ ।

महासचिव विप्लवकी आमाबारे गलत समाचार सम्प्रेषण


फागुन ३, बुटवल । नेकपाका महासचिव विप्लवकी आमाबारे सामाजिक सञ्जालमा आएको समाचार झुटो भएको पारिवारिक स्रोतले बताएको छ । महासचिव विप्लवकी आमाबारे सामाजिक सञ्जालमा गलत समाचार सम्प्रेषित भएको भन्दै समाचार सत्य नभएको पारिवारिक स्रोतले बताएको छ ।   

नेकपाका केन्द्रीय सदस्य भीमले सामाजिक सञ्जालमा आएको समाचार गलत भएको बताएका छन् । उनले 'सामाजिक सञ्जालमा सम्प्रेषित समाचार गलत हो । हामी गलत समाचारको खण्डन गर्दछौं ।'

उनले सत्यतथ्य नबुझी गलत समाचार सम्प्रेषित नगर्न चेतावनी दिएका छन् ।