अखिल (क्रान्तिकारी) बाजुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

राजिव शाहीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्वाचित

अखिल (क्रान्तिकारी) बाजुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

फागुन ८, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिती बाजुराले दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

"शिक्षा क्षेत्रमा भइरहेको निजीकरण , व्यापारीकरण र दलालीकरणका विरुद्धमा हाम्रो आन्दोलन , वैज्ञानिक समाजवादी शिक्षा र शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि दोस्रो जिल्ला सम्मेलन"  भन्ने मुल नारा सहित अखिल (क्रान्तिकारी) बाजुराले दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको बताइएको छ ।

कथित कम्युनिस्टहरु द्वारा संचालित दलाल सरकारले लगाएको प्रतिबन्ध लाई खारेज गर्दै जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेको र  बाजुराका विभिन्न शैक्षिक संस्थाहरुबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा गरिएको सम्मेलनले जिल्लाको शैक्षिक क्षेत्रमा हुने विकृती विसङ्गतिका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णय सहित राजिव शाहीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको बताइएको छ ।

सम्मेलनमा प्रमुख अतिथि बाजुरा पार्टी इन्चार्ज क। मान सिंह र अतिथिहरुमा अखिल (क्रान्तिकारी) का सेम ब्युरो संयोजक क. विरेन्द्र शाह , युवा सङ्गठन नेपालका सेम ब्युरो संयोजक क.कमल लगायत जिल्लाका नेताहरुको सहभागीता रहेको जनाइएको छ ।