फागुन १०, बुटवल । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन ।
अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो । बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् ।
तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विस्फोट त्यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन् । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ । Photo: Agency
Tags :
सम्बन्धित खवर
भारतमा हप्तामा २ दिन कर्फ्युको घोषणा
५ वर्ष अगाडि
नेपाल–भारत सीमालगायत विषयमा उच्च कूटनीतिक वार्ता
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्