पारस राहादी मगरको दुई कविता

आँखामा कालो पट्टि बाँधेर राखे पनि अँध्यारै कोठामा म देखिरहेछु उषामा घाम उदाएको  ।

पारस राहादी मगरको दुई कविता

पारस राहादी मगर

१. प्रेरणा

जब कालो रातमा

जुनकिरीहरूले पिलपिल गर्दै

अँध्यारो विरुद्ध लडिरहेको देखेँ

मैले अँध्यारोसित डराउन छाडेँ  ।

०००

२. आशा

आँखामा कालो पट्टि

बाँधेर राखे पनि अँध्यारै कोठामा

म देखिरहेछु

उषामा घाम उदाएको  ।

०००

(यी दुई कविताहरू कविले २०७७ असोजमा नवलपरासीको जिप्रका हिरासतमा बन्दी रहँदा लेखेका हुन् ।)

स्रोत : लालदिशा पत्रिकाबाट