अनिल नेपाली । फागुन १७, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीले युवा लक्षित कार्यक्रम अन्तर्गत ४५ दिने ड्राइभिङ तालिम र दलित मुस्लिम विशेष ३ महिने कम्प्युटर तालिमको सुरुवात गरेको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले आज उदघाटन गर्नु भएको हो । उद्घाटन गर्दैै नगर प्रमुख भुसालले सीपले मानिसलाई दक्षता हासिल गराई आत्मनिर्भर गराउने हुँदा अनुशासन पुर्वक तालिम सिक्नको लागि सबैलाई आह्वान गर्दै सिकेको सिपलाई व्यहारमा उतारी स्वरोजगारी बन्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सन्धिखर्कका प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटाले जीवनमा सीपको अपरीहार्यता रहेको बताउनुभएको थियो । कार्यक्रममा
नगरपालिका शाखा अधिकृत मन्जु खनाल, वार्ड नम्बर ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल, पत्रकार महासघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उपाध्यक्ष गणेश खनाल, सहसचिव अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ड्राइभिङ तालिमको लागि १२ जनाको कम्प्युटर तालिमको लागि ४८ जनाको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्